कावासोती– नवलपुर उद्योग वाणिज्य संघको ५औं वार्षिक साधारणसभा र ५औं अधिवेशन आगामी असार ३ गते गर्ने भएको छ ।
कावासोतीको नवलपुरस्थित स्वस्तिक पार्टी प्यालेसमा बिहान ११ बजेट सुरु हुने तय भएको साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमुख अतिथि हुने संघले जनाएको छ ।
साधारणसभामा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम रहेको छ । सभाले संघको आगामी आर्थिक वर्षको बजेट पनि अनुमोदन गर्नेछ ।
उक्त साधारण सभामा संघको विधान संशोधन प्रस्तावमाथि पनि छलफल गर्ने कार्यक्रम छ ।









