काठमाडौं– बागमती प्रदेश सरकारले बागमती प्रदेशमा दर्ता भएका तर लामो समयदेखि नवीकरण नगराएका मोटरसाइकल तथा स्कुटर लगायत अन्य दुईपांग्रे सवारीसाधन नवीकरण गराए जरिवाना पूरै छुट दिने भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो स्किम ल्याएको हो । नवीकरण हुन को अविलम्ब नवीकरण जरिवाना शुल्क पूर्ण रुपमा छुट दिने भएको छ ।

प्रदेश अर्थमन्त्री शालिकराम जमकट्टेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत सरकारले कर नीतिमा सहजीकरण गरेको हो । प्रदेश सरकारले नवीकरण हुन बाँकी सवारी साधनबाट प्राप्त हुने राजस्व पनि उठोस् र सर्वसाधारणले जरिवाना नतिरी सवारी साधन नवीकरण गर्न पाऊन् भनेर यस्तो नीति लिएको हो ।

आगामी फागुनसम्म मसान्तसम्म राजस्व बुझाउने सवारी धनीलाई विगतमा नवीकरण नगराएबापत तिर्नुपर्ने जरिवाना जरिवाना छुट दिने बजेटमा उल्लेख छ ।

‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एवं अन्य दुईपांग्र्रे सवारीसाधन कर सम्वत् २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु,’ बजेटमा मन्त्री जमकट्टेलले उल्लेख गरेका छन् ।

अन्य प्रदेशमा दर्ता भएका सवारीसाधनलाई बागमतीमा ल्याएर दर्ता गर्न चाहनेलाई पनि सहजीकरण गर्ने बजेटमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय