त्रिशूली– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का महिला शिक्षक राधिका आचार्यको आज स्कुल जाने क्रममा लडेर खोलामा खस्दा निधन भएको छ ।
तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य बढेको स्कुटर सडकबाट तादी खोलामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।
खड्काका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा९७प ६९२५ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो ।
शिक्षक आचार्यलाई तादी खोलाले बगाएर घटनास्थलभन्दा ५०० मिटर तल पुर्याएको थियो । आचार्य उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षक थिइन् ।









