चितवन– पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् ।









