सिन्धुपाल्चोक– मेलम्ची क्षेत्रमा जडान गरिएको बाढी पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ ।

मनसुनको समयमा हुन सक्ने जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।

मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, ‘यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिम कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।’

मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली)को साइरन प्रविधि जडान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय