काठमाडौं– रोटरी क्लब अफ गोगंबुले क्लबको सातौं वार्षिक उत्सव मनाएको छ ।

क्लबको सातौं वार्षिक उत्सवको अवसरमा सोमबार दृष्टिविहिन बालबालिकालाई खाद्यान्न वितरण समेत गरेको छ । तारकेश्वर–५ बसाहा चौरमा रहेको दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्रका १९ जना बालबालिकालाई सहयोग पुग्ने गरी खाद्यान्न वितरण गरिएको क्लबका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले आगामी दिनमा पनि क्लबले शैक्षिक केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय