काठमाडौं– एनएमबी बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी (ओम्नी च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत वा ५०० सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ ।
यो योजना २६ जुन २०२२ देखि सीमित अवधिको लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ ।
एनएमबी बैंकले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबी ग्राहकलाई लक्षित गरी ल्याइएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
एनएमबी बैंकले ग्राहकलाई डिजिटल कारोबारको उपयोगिताको महत्त्व बढाउन यस्ता किसिमका अभियान सञ्चालन गर्दै आएको जनाएको छ । एनएमबी बैंकले २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।









