काठमाडौं– यस एनआइसी एसिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्र्धनका लागि भन्दै आफ्नो मोबाइल बैंकिङ एपबाट हवाई टिकट बुकिङ गर्दा २० प्रतिशतसम्म क्यास बयाक हुने योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ असार १२ देखि १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआइसी एसिया मोब्यांक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्ने र यसो गर्दा पहिलो टिकट बुकिङमा ५०० अधिकतम र दोसोपटकबाट १०० रुपैयाँसम्म क्यास व्याक पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा, सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एनआइसीले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवा उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आइसर्भमार्फत अघि बढाइरहेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले उक्त एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आइपिओ आवेदनलगायत सुविधाहरू ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय