काठमाडौं– वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट संघीय राजधानी जोड्ने सिस्नेरी सडक खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडक खण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडक खण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

यस्तै हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय