काठमाडौं– एनआइसी एसिया बैंकले २०७९ असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरको एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक गरेको छ । व्यक्तिगत, संस्थागत र रेमिन्ट्यास ग्राहक लक्षित उक्त योजनामा जम्मा गरेको रकमको १० गुणासम्म फिर्ता पाइने बैंकले जनाएको छ ।
हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाखसम्मको बिमा सुनिश्चित गर्ने अतुलनीय फाइदासँगै सर्वाधिक उच्च ब्याजदर, तीन बिमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा रहेको सर्वश्रेष्ठ बचत खाता योजना सञ्चालनमा ग्राहकको अत्यन्त उत्साहजनक सहभागिता रहिआएको बैंकले जनाएको छ ।
आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनालाई सोहीअनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यसअघि ल्याएको निक्षेप खातामा पाइने फाइदाभन्दा अझ बढी फाइदा रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ल्याइएको छ ।









