काठमाडौं– विकास बैंकले न्यूरोड शाखाको समन्वयमा बिहीबारका ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ ।
बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामग्री अति नै उपयोगी हुने बैंकले जनाएको छ ।
गरिमा बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा दिइरहेको छ ।









