काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अंकले उकालो लागेर ३९१.७८ मा पुगेको छ ।
नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कुल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ मूल्यमा खरिदबिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको सेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अंकले उकालो लागेको छ ।
बिहीबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५ अर्ब १५ करोड ९६ लाख १६ हजार ४६५ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको ९ करोड ९५ लाख २० हजार ६३० बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी ७ करोड ९७ लाख ६८ हजार १७१, एसियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार ९९९, अरुण काबेली पावर ५ करोड ८३ लाख ८९ हजार ६२२, र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल ५ करोड ६९ लाख ३९ हजार ७७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार विभिन्न ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने १५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भयो । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, नयादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसिएल लघुवित्त, सूर्योदय बोमी लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.८९, बरुण हाइड्रोपावर २.६५, गुराँस लघुवित्त २.४४, बैंक अफ काठमाडौंको ऋणपत्र २ र सिटिजन म्युचुअल फन्ड दोस्रोका लगानीकर्ताले ०.८९ प्रतिशतले गुमाए ।









