काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अंकले ओरालो लागेर २०७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अंकले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ ।

२३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कुल कारोबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ बराबर पुगेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख ८६ हजार २९० बराबर रहेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज ४ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकीको ओरालो लागेको छ ।

जीवन बीमा ५८.६८, सामूहिक लगानी कोष ०.०१, निर्जीवन बीमा ४८.०७ र व्यापार १४०.१५ बिन्दुले उकालो लाग्यो । बैंकिङ १.९७, विकास बैंक ५२.९६, वित्त ६.३१, होटल तथा पर्यटन ४६.८९, जलविद्युत् १२.८५, लगानी ०.०५, उत्पादन ४५.३८, लघुवित्त ६१.२५ र अन्य उपसमूह २९.६९ बिन्दुले ओरालो लाग्यो । कारोबार भएकामध्ये आज ७१ कम्पनीको सेयर मूल्य उकालो लाग्यो भने ११६ कम्पनीको ओरालो लागे । ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १७ करोड ५८ लाख ८३ हजार २७१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी १६ करोड ९० लाख ५१ हजार ४२७, एसियन लाइफ इन्स्योरेन्स १२ करोड ९६ लाख ६७ हजार २१८, अरुण काबेली पावर ११ करोड ७८ लाख ८६ हजार ६५४ र माथिल्लो तामाकोसी ११ करोड ६७ लाख ३ हजार १२७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय