काठमाडौं– विश्व बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मुल्य खस्किएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यो साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

उनका अनुसार अमेरिकी डलरको विनिमय दरका भएको वृद्धिसँगै लगानीकर्ताहरु डलरतर्फ आकर्षित भई सुन बेच्न थालेपछि सुनको मूल्यमा कमी आएको हो ।

उनका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको प्रवक्ता साहले बताउनुभयो ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय