काठमाडौं– सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार १०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार १८५ तोकेको छ ।









