काठमाडौं– बाग्मती प्रदेश सरकारले पहिरोपीडितलाई १ लाख ११ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्न २८ लाख ६८ हजार रुपैयाँ हेलिकप्टर भाडामा खर्च गरेको पाइएको छ ।

महालेखापरीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७ साउन २६ को पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका पीडितलाई राहत बाँड्न उक्त रकम दुरुपयोग गरिएको हो ।

बाग्मती प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदी पहिरोपीडितलाई १ लाख ११ हजार रुपैयाँ मूल्यको दाल, चामल र स्वास्थ्य सामग्री बाँड्न नेपाली सेना र निजी कम्पनीको हेलिकप्टर १५ पटक प्रयोग गरेर उक्त रकम खर्च गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले उक्त राहत प्रयोजनको लागि सेनाको हेलिकप्टर १२ पटक प्रयोग गरेको प्रतिवेदनमा उललेख छ । सवा ३ घन्टाको हेलिकप्टर भाडाबापत सेनालाई २५ लाख ६८ हजार र निजी कम्पनीको हेलिकप्टरलाई तीन लाख गरी २८ लाख ६८ हजार खर्च गरेको महालेखाले जनाएको छ । महालेखाले यस्तो अनुत्पादक खर्च नियन्त्रण गर्न पनि प्रतिवेदनमा सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय