काठमाडौं– नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघईले हस्ताक्षर गरेका छन् ।
घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयरको परल मूल्यमा १ सय रुपैयाँमा प्रिमियम बापत ३ सय ३५ रुपैयाँ थप गरी प्रति कित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय ३५ रुपैयाँको सेयरको प्रत्याभूति हुने कोषको विज्ञप्तिमा उल्लेख छ ।









