काठमाडौं– एनआइसी एसिया बैंकले ल्याएको सुरु निक्षेपको १० गुणासम्म रकम पाइने मुद्दती खाता खोलन पाइने म्याद थप गरेको छ ।
बैंकले असार १२ गते सुरु निक्षेपको २ देखि १० गुणासम्म रकम पाइने मुद्दती योजना ‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती खाता’ सार्वजनिक गरेको थियो ।
असार मसान्तसम्मका लागि भनेर ल्याएको उक्त योजना ग्राहकको अभूतपूर्व सहभागिता, रुचि र चासोलाई सम्मान गर्न बैंकले उक्त योजनाको म्याद साउन मसान्तसम्म थप गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकलाई लक्ष्य गरेको उक्त योजना ल्याएको थियो ।
उक्त योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार दुई देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने आफूले जम्मा गरेको निक्षेप रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जासमेत लिन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।









