काठमाडौं– धितोपत्रको दोस्रो बजारमा सेयर कारोबारमापक नेप्से दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२७ बिन्दुले बढेर २०४५.६९ मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले बढेर ३९१.५३ मा पुगेको छ । कुल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता सेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको सेयर मूल्य बढेको छ । बैंकिङ ६.५६, व्यापार ३२.४७, होटल तथा पर्यटन २७.४१, विकास बैंक ४१.५८, जलविद्युत् १५.९५, वित्त ४४.२, निर्जीवन बीमा ७२.६, उत्पादन ६४.१९, अन्य ३.१८, लघुवित्त ८१.६२, जीवन बीमा ८०.२२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३५ बिन्दुले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ रुपैयाँ पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड ९७ लाख ७१ हजार ३३७ बराबरको कारोबार भयो ।

एभरेस्ट बैंक १० करोड ५ लाख २६ हजार ६२३, हिमालयन डिस्टिलरी ८ करोड ४८ लाख ३६ हजार ६३७, एनआइसी एसिया बैंक ६ करोड ८८ लाख र अरुण काबेली पावर ५ करोड ९४ लाख २२ हजार ८४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पन सफल भए ।

नेप्सेका अनुसार, इमर्जिङ नेपाल ८.०१, गणपति लघुवित्त ६.९४, ग्रिन भेन्चर्स ५.५४, आइसिएफसी फाइनान्स ५.२७ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिभिल बैंकको ऋणपत्र ७.७५, ग्लोबल आइएमई बैंकको ऋणपत्र ५.७०, सनराइज बैंकको ऋणपत्र ३.९१, आरबीबी म्युचुअल फन्ड एक ३.२७ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.२६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय