काठमाडौं– एनआइसी एसियाको साधारण सेयर (आइपीओ)मा लगानी गर्ने लगानीकर्ताले २२ वर्षको अवधिमा ९४ गुणा बढी मुनाफा कमाएका छन् ।

बैंकले आर्थिक वर्ष २०५६–५७ मा ल्याएको आइपीओमा लगानी गरेका सेयरधनीको सम्पत्ति ९४ गुणा बढेको हो । आर्थिक वर्ष ०५६–५७ मा १ कित्ता साधारण सेयरमा लगानी गरेका सेयरधनीसँग अहिले १३.१२ कित्ता सेयर रहेको र यसको प्रतिफल आजको बजार मूल्यअनुसार ९ हजार ५२० रुपैयाँ ९७ पैसा पुगेको बैंकले जनाएको छ । यसको अर्थ ऊबेला १०० रुपैयाँ तिरेर एनआइसी एसियाको एक सेयर किनेको व्यक्तिको सम्पत्ति बढेर ९ हजार ५२० पुगेको हो ।

एनआइसी एसियाले स्थापनायताको २५ वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी सरकारलाई १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजस्व तिरेको जनाएको छ । गत अर्थिक वर्ष २०७८–७९ मा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ ।

यसले ३५९ शाखा, ४७३ एटिएम, १०२ विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको उसको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय