काठमाडौं– नेपालमै उत्पादन गर्न सकिने चामल झन्डै २४ अर्ब रुपैयाँ बराबरको आयात भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा भारतबाट २३ अर्ब ७८ करोड ४९ लाख रुपैयाँभन्दा बढीको चामल आयात भएको छ ।

पोहोर साउनदेखि यसपालि असार मसान्तसम्ममा ४५ करोड ८१ लख ७४ हजार केजीभन्दा बढी चामल आयात भएको विभागको तथ्यांकले देखाउँछ । उक्त परिमाणमा पोलिस गरिएको, नगरिएको र पूर्ण रुपमा तयार चामल समावेश छ ।

चामल गत वर्ष सर्वाधिक आयात भएका वस्तुको सूचीमा १०औं नम्बरमा छ । आयातको पहिलो नम्बरमा डिजेल छ । गत वर्ष १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँभन्दा बढी मूल्यको डिजेल आयात भएको छ । आयातको दोस्रो नम्बरमा पेट्रोल र तेस्रोमा खाना पकाउने ग्यास छ । सो अवधिमा ३१ अर्ब ३८ करोडको पेट्रोल र ६५ अर्ब ५५ करोडको खाना पकाउने ग्यास आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय