काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.२७ प्रतिशतले बढी नाफा कमाएको छ । बैंकले गत आर्थिक वषमा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ३९ करोड ८८ लाख खुद नाफा कमाएको थियो । बैंकको गत आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य नाफा १ अर्ब ५९ करोड रुपैयाँ छ ।
चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको यो बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत जति लाभांश दिन सक्छ ।

गत आर्थिक वर्षमा बैंकले सञ्चालन नाफा ६१.५४ प्रतिशतले बढाएको छ । बैंकले ३ अर्ब २५ करोडभन्दा बढी सञ्चालन नाफा आर्जन गरेको बुधबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

२ अर्ब ९१ रिटेन्ड अर्निङ गरेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ छ । बैंकले गत असार मसान्तसम्म ९३ अर्ब ७२ करोड १९ लाख निक्षेप संकलन गरेर ७९ अर्ब १७ करोड ३९ लाख कर्जा प्रवाह गरेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४.७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा ०.९६ प्रतिशतबाट घटेर ०.५९ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय