भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् ।
यसपालिको एसइई परीक्षामा ४ लाख ९५ हजार ७५१ विद्यार्थी सहभागी भएका थिए ।

कोभिड–१९ महामारीका कारण यसअघिका दुई वर्ष १० कक्षाका विद्यार्थीको नतिजा विद्यालयकै मूल्यांकनका आधारमा प्रकाशित गरिएको थियो । यसपालि भने बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा लिइएको थियो । यसपालिको एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसइईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आइभिआरबाट पनि थाहा पाउन सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय