काठमाडौं– नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पूरा गरेको छ । एमएडब्लू स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो जसको लगत्तै यो नेपाली बजारमा ‘हिट’ साबित भयो ।

यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिङ टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो । त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत गरिरह्यो ।

कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको बिक्री गत वर्षको तुलनामा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट बिक्री भएको स्कोडा कुशाकको मार्केट सेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको छ ।

‘नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयुभीका रुपमा उभ्याउन सफल भएको छ,’ स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोसेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौं । कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं ।’

स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय