काठमाडौं– एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवर्द्घनलाई सहयोग पुर्याउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।
एनएमबि बैंक दी फिनान्सियल टाइम्स, लन्डनको द ब्यांकर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दी इयर एसिया २०२१ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दी इयर नेपाल प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैै आइरहेको छ ।









