महोत्तरी– महोत्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा जीतेन्द्र चौधरी विजयी भएका छन् । गएराति सम्पन्न संघको निर्वाचनको मत परिणामअनुसार प्रतिद्वन्द्वी जयनाथ प्रसादलाई ६ मतले पछि पार्दै चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत सुरेशलाल कर्णले बताए ।

प्रथम उपाध्यक्षमा पवनकुमार साह, द्वितीय उपाध्यक्षमा अजयकुमार साह, महासचिवमा अमरनाथप्रसाद गुप्ता, कोषाध्यक्षमा रविशंकर प्रसाद, सचिवमा विजयकुमार साह निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा सञ्जयकुमार पञ्जियार, जगदीश महतो, नितेशकुमार साह, रामकुमार साह हलुवाइ, सूर्यप्रकाश साह, राकेशकुमार नायक, राजेशकुमार गुप्ता र महिला सदस्यमा शोभादेवी निर्वाचित भएको निर्वाचन अधिकृत कर्णले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय