काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता एवं शाखा उपशाखा कार्यालयका कर्मचारीलाई सम्मानित गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

उक्त सम्मेलनमा देशभरका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीको उत्साहजनक उपस्थिति रहेको कम्पनीको भनाइ छ । पहिलो चरण, बिजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ट कार्यसम्पदान गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष अमात्य र प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सिइओ क्लब तथा चेयरम्यान क्लब दर्जाका अभिकर्तालाई सम्मान गरेका थिए ।

कम्पनीका चेयरम्यान क्लबमा पर्न सफल अभिकर्तालाई सञ्चालक समिति अध्यक्ष अमात्यले र सिइओ क्लबमा पर्न सफल अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत प्रसाईले सम्मान तथा विभिन्न पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाइफका सञ्चालक समिति अध्यक्ष अमात्यले छोटो समयमा प्राप्त सफलताले कम्पनीको आगामी यात्राको लक्ष्य निर्धारण गर्ने बताए ।
सम्बोधनकै क्रममा प्रमुख कार्यकारी अधिकृत प्रसाईले सबैको अथक मेहनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८–७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरे । दृढ संकल्प र मेहनतले नै कम्पनी यो उचाइमा पुग्न सफल भएको र आगामी दिनमा यो उचाइको वृद्धिदरलाई कायम राख्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय