काठमाडौं– बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले साउन २९ गते काठमाडौंमा नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड बिओन्ड नामको सम्मेलनको गर्ने भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने संस्थाको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करीब १ सय ५० सहभागीले सहभागिता सुनिश्चित गरिसकेको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले गर्नेछन् । उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।

दोस्रो सत्रमा बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमानले ग्लोबल इकोनोमिक क्राइसिस एन्ड लिडरसिप च्यालेन्जेज : अ रेगुलेटरी प्रस्पेक्टिभ विषयमा प्रस्तुती दिनेछन् ।

सम्मेलनको मुख्य आकर्षण रहेको सत्र बैंकिङ, इन्स्योरेन्स र इकोनोमी अन्तर्गत म्याक्रो इकोनोमिक रिस्क एन्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमी विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नेछन् । उक्त सत्रमा स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भट्नागरले द बैंक इन २०३० विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

त्यसैगरी लघुवित्त क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्न द फ्युचर अफ माइक्रोफाइनान्स : प्रस्पेक्ट, च्यालेन्जेज एन्ड अपरच्युनिटिज विषयमा माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

इन्स्योरेन्स क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्न बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले द इनोभेटिभ मोडल अफ इन्स्योरेन्स : प्रस्पेक्ट, च्यालेन्जेज एन्ड अपरच्युनिटिज विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय र बिफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले समेत सो सत्रमा मन्तव्य राख्ने बताइएको छ ।

इन्फ्रास्ट्रक्चर फाइनान्सिङअन्तर्गत एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट : ग्याप, मोडेल्स एन्ड अपच्युनिटिज विषयमा प्रस्तुती दिनेछन् । त्यसैगरी ट्रेन्ड, रिस्क एन्ड इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट आउटलुक इन नेपाल विषयमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आफ्ना भनाइ राख्नेछन् ।

बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बैंकर्स प्रस्पेक्टिभ इन इन्फ्रास्ट्रक्चर फाइनान्सिङ ः करेन्ट स्टेन्स एन्ड फ्युचर स्टेप्स विषयमा प्रस्तुतीकरण दिनेछन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले उक्त सत्रलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनको अन्त्यमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनको टाइटल प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने मुख्य प्रायोजकको रुपमा भिक्टोरिया युनिभर्सिटी, मेलबर्न, अस्ट्रेलिया र भूमी डेभलपर्स नेपाल छन् ।

त्यसैगरी सम्मेलनको सहप्रायोजकमा नेपाल बैंक, एभरेस्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, एनसिसी बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, नेपाल इन्फ्रास्टक्चर बैंक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय