काठमाडौं– चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।

यस सेवामार्फत चन्द्रागिरि नगरबासीले घरबहाल कर, सम्पत्ति कर तथा व्यावसायिक कर सजिलै अनलाइनमा आइएमई पेमार्फत तिर्न सक्नेछन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुसनका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजिटाइजेसनलाई प्रवर्द्धन गर्न पाउनु आफू र आफू सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गरे ।

नगरबासीलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।
प्रयोगकर्ताले आइएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’मा गई ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’मार्फत आफ्नो कर तिर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन भएको पनि विज्ञप्तिमा उल्लेख छ । यसले नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय