काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ७ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटाएर १ हजार १ सय ९५ रुपैयाँ तोकिएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय