काठमाडौं– आइसिएफसी फाइनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउन व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधीकरणको यो नयाँ आयामपछि आइसिएफपसी फाइनान्स लिमिटेडका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आरमार्फत गर्न सक्ने जनाएको छ ।

सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय