काठमाडौं– धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट भएको हो ।
सनराइज क्यापिटलका अनुसार सेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । बाँकी पाँच कित्ता सेयर गोलाप्रथाबाट थप पाँचजनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आइपिओमा १८ लाख ६४ हजार ६४० योग्य आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता सेयर माग भएको थियो । कुल आवेदकमध्ये १ हजार २८६ को १४ हजार १४० कित्ता सेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।









