काठमाडौं– जल तथा मौसम विज्ञान विभागले मौसमी बुलेटिन जारी गर्दै आज देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।

विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका ती प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय