काठमाडौं– यती डिस्टिलरी प्रालिले प्रशिद्ध कलाकार छिरिङ शेर्पाको चित्रकला अंकित ८८४८ जौ भोड्काको विशेष सीमित संस्करण सार्वजनिक गरेको छ । कालो नयाँ बोटलमा शेर्पाका चित्रकला अंकित ८८४८ रे भोड्का ३० हजार बोटल मात्र उत्पादन भएको छ । यो कम्पनीको नयाँ उत्पादन ८८४८ जौ भोड्काको औपचारिक थालनी पनि हो ।

सन् १९६८ मा काठमाडौंमा जन्मेका शेर्पा अन्तर्राष्ट्रिय स्तरमै सम्मान आर्जन गरेका समकालीन कलाकार हुन् । सन् २०२२ मा उनको चित्रकला विश्वका विभिन्न प्रतिष्ठित ठाउँहरुमा प्रदर्शन भएका छन् । यसै वर्ष शेर्पा भेनिस बिएन्नालेमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो कलाकार बनेका थिए । अहिले उनले भर्जिनिया म्युजियम अफ फाइन आर्टस् (भीएमएफए) मा आफ्नो पहिलो म्युजियम प्रदर्शनी गरिरहेका छन् ।

यो सहकार्यबारे टिप्पणी गर्दै यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिशेक श्रेष्ठ भन्छन्, ‘हामीले नयाँ ८८४८ रे भोड्का सार्वजनिक गर्ने सोचिरहेको बेला हामी यसलाई केही फरक बनाउन र अर्थपूर्ण काम गर्न चाहन्थ्यौं । त्यसकारण हामीले यो अवसरलाई असाधारण नेपाली कलाकारलाई देखाउने तथा हाम्रो देशमा क्रमशः विकास भइरहेको ललितकलाको दृश्यमा ध्यान आकर्षित गर्ने अवसरको रुपमा प्रयोग गर्ने विचार ग¥यौं ।’

यती डिस्टिलरीसँग सहकार्यका लागि सिर्जना गरेको ‘हिमालयको भाव’ शीर्षक चित्रकलाबारे शेर्पा भन्छन्, ‘यो चित्रकला हाम्रो हिमाली क्षेत्रको विविधतायुक्त संस्कृतिको उत्सव हो । मैले ती विभिन्न आवाजलाई नेपालको विश्वव्यापी प्रतीक बनेका हिमाली चुचुराहरुसँगको उनीहरुको भावनामा एकाकार गर्दै सम्मान गर्न चाहेको थिएँ ।’

‘मैले थाङ्का कलाको रंग र मूल भावसँग जोडेर हिमालहरुको एउटा चित्र सिर्जना गरें । त्यो फ्युजनले हाम्रो भूदृश्य र संस्कृतिको मिश्रणको रुपमा हिमाली क्षेत्रको साझा भावनाको चित्रण गर्दछ । एकीकरण भंग भएको देखाउन र विश्वव्यापी जलवायु परिवर्तनमा अकस्मात आएको परिवर्तनका कारण हाम्रा वातावरणीय र संस्कृति दुवै खाले सम्पदाको भविष्य अनिश्चित रहेको संकेत गर्न उक्त चित्रमा माथिबाट तलतिर झर्दै गरेको बिम्ब समावेश गरिएको छ,’ शेर्पाले भने ।

समकालीन नेपाली कला देखाउनुका अतिरिक्त यो सहकार्यको उद्देश्य परम्परागत तरिकाको थाङ्का पेन्टिङ सिकिरहेका विद्यार्थीहरुलाई सघाएर स्थानीय कलाकृतिलाई सहयोग गर्नु पनि हो । यो सहकार्य र यसको फराकिलो लक्ष्यबारे शेर्पा भन्छन्, ‘एउटा कलाकार ठूलो र विविधतायुक्त जनमानससँग जोडिन पाउनु निकै ठूलो अवसर हो । यो साझेदारी र मेरो शुल्कको एउटा हिस्सा नेपालको हिमाली क्षेत्रको कला संरक्षण र त्यसको उत्थानमा क्रियाशील गैरनाफामूलक संस्था हिमालयन आर्ट इनिसिएटिभ (एचएआई)को शैक्षिक कार्यक्रममा जाने भएकोमा म खुसी छु ।’

‘छिरिङको कामलाई विश्वभर प्रशंसा गरिएको छ र त्यसले हामी हरेकसँग जोड्न मिल्ने कथा भन्छ । हामी यो सहकार्यले अर्कोे पुस्ताका कलाकारको लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गर्दछौं,’ श्रेष्ठले भने ।

नयाँ ८८४८ जौ भोड्का पोल्यान्डमा पोलिस जौका साथ पाँचपटक डिस्टिल्ड गरिएको छ । यो पोल्यान्डको परम्परागत भोड्का उत्पादन विधिबाट तयार गरिएको हो, जसमा विभिन्न तत्वको मिश्रण अद्वितीय डिस्टिलेसन प्रक्रियाबाट हुन्छ र कालो मरिचको छनकसहितको ड्राई फिनिस दिन प्राकृतिक स्रोतको पानी मिसाइन्छ ।
‘८८४८ जौ भोड्का नेपाली मदिरा उद्योगमा नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पारखीहरुले नयाँ स्वाद मन पराउनुहुनेछ,’ अभिशेक श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय