काठमाडौं– एनआइसी एसिया बैंकले दसैं, तिहार, नेपाल सम्बत् र छठ पर्वको अवसरमा मोबाइल बैंकिङ एप एनआइसी एसिया मोबैंकमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुने गरी ल्याएको उक्त योजनामा बैंकका ग्राहकले एनआइसी एसिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँमा निःशुल्क रुपमा रकम पठाउन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

आत्मनिभएर बैंकिङको अवधारणाअनुरुप एनआइसी एसिया मोबैंकमार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यो नयाँ सुविधाबाट बैंकका ग्राहकले आफ्नो परिवार, आफन्त वा साथीलाई सहज रुपमा रकम पठाई योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआइसी एसिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआइसी एसिया मोबैंकभित्र रहेको आइरेमिट आइकनमा ट्याप गरेपछि पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनोट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिने बैंकले जनाएको छ ।

यो माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा उनीहरुको अमूल्य समय बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

एनआइसी एसिया बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय