काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले ओरालो लागेर १९७३.०१ म पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ बिन्दुले ओरालो लागेर ३८२.९५ कायम छ । यस दिन कुल २२४ कम्पनीको २४ लाख ४४ हजार तीन सय ४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ४५१ बराबर मूल्यमा खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै सेयर मूल्य उकालो लागेको छ । ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । उत्पादन १.८७ र लघुवित्त २.५ बिन्दुले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७ सय २१ बराबरको कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय