काठमाडौं– पूर्णिमाको मनासलु आरोहणमा नेपाल लाइफको सहकार्य गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरवान्वित भएको र यसबाट आफूलाई हौसला मिलेको बताइन् ।

श्रेष्ठ गोर्खाको मध्यम परिवारमा जन्मिएकी हुन् । उनले हिमाल आरोहणमा आफ्नो पहिचान बनाइसकेकी छिन् । पेसाले फोटो पत्रकार श्रेष्ठले सगरमाथासहित नेपालको ८००० मिटरभन्दा अग्ला ७ ओटा हिमाल चढिसकेकी छिन् ।

श्रेष्ठ बिनाअक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । नेपाल लाइफले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय