काठमाडौं– घाम पावर प्रस्तुत डिजी कृषि – नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसर विषयमा एकदिने कार्यशाला गोष्ठी गर्ने भएको छ ।

भदौ ३१ हुने गोष्ठीमा डिजिटल कृषिमा काम गर्ने संघसंस्था एवम् सरोकारवालासँग छलफल हुने बताइएको छ । गोष्ठीको प्रमुख उद्देश्य डिजिटल कृषिमा काम गरिररहेका सरकारी अधिकारी, निजी कृषि कम्पनी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धान विशेषज्ञ, कृषि तथा इन्जिनियरिङ विद्यार्थी र किसानलाई एक ठाउँमा ल्याएर नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरबारे छलफल गर्नु रहेको कम्पनीले जनाएको छ ।

सन् २०१० मा स्थापना भएको घाम पावर नेपाल सामाजिक उद्यम कम्पनी हो । कम्पनीले ग्रिडबाट बिजुली नपुगेका ग्रामीण भेगमा सौर्य ऊर्जामार्फत जीवनमा उज्यालो छर्दै आएको जनाएको छ ।

सन् २०१५ मा तराईका ग्रामीण किसानलाई भरपर्दो सिँचाइ प्रदान गरी उत्पादन र आम्दानी दोब्बर कसरी बढाउन सकिन्छ भनेर घाम पावरले वातावरणमैत्री सौर्य सिँचाइ प्रणालीमा काम गर्दै आइरहेको छ ।

सौर्य सिँचाइ प्रणाली सँगसँगै व्यक्तिगत कृषि सल्लाह र परामर्श पनि प्रदान गर्दै आइरहेको छ । त्यसैगरी सन् २०२२ देखि मोबाइल एप ‘सुपर कृषक’मार्फत कसरी व्यक्तिगत डिजिटल कृषि सल्लाह दिन सकिन्छ भनेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय