काठमाडौं– नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालमा १० हजार थान जेसीबी मेसिन बिक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युपमेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।

शुक्रबार जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १०,०००औं मेसिनको साँचो हस्तान्तरण गरे ।

१०,०००औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको साँचो हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए ।

उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।

त्यसैगरी, कालिका कालिका कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।

नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युपमेन्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लु जेसीबीले गुणस्तरीय र वर्ल्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमएडब्लुको विज्ञप्तिमा उल्लेख छ ।

एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभी इक्युपमेन्टहरुको बिक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा धेरै रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय