काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर सोको करबापत ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समिति बैठकले अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।









