काठमाडौं– जुन २०१७ मा २ म्यानेजमेन्टका विद्यार्थी र १ इन्जिनियरले काठमाडौंका घर तथा अफिसलाई दैनिक रुपमा चाहिने विद्युत तथा प्लम्बिङ सम्बन्धी सानोतिनो समस्याको लागि सेवा चाहिँदा खेप्नुपर्ने सास्तीलाई समाधान गर्न बिल्कुल नयाँ व्यावसायिक मोडेलका साथ् एउटा कम्पनी सुरु गरेका थिए । तयसको नाम थियो ‘सजिलो सेवा’

यस कम्पनीले आफ्नो सुरुआती दिनमै उद्यमशीलतालाई प्रोत्साहन दिन सुरु भएको टेलिभिजन रियालिटी शो आइडिया स्टुडियो भाग २ मा धेरै प्रशंसा प्राप्त गरी सो सिजनको विजेता समेत बन्यो ।

यस क्षेत्रमा पायोनियर बनेको सजिलो सेवा टिमले आफ्नो स्थापनाको ५ वर्ष मनाएको केही समयमै प्रविधिमैत्री नविनतालाई जारी राख्दै दुवै आइओएस तथा एन्ड्रोइडलाई हुने गरी नयाँ सजिलो सेवा एप लिएर आएको छ । हालसम्म २५० विज्ञबाट ४०,०००ं सेवा प्रदान गरिसकेको अनुभव बोकेको टिमले आफ्नो सेवालाई अटोमेट गर्न विगत १ वर्षदेखि काम सुरु गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले अब यस एपमार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवा प्रदान गर्ने बताइएको छ

उक्त एपका मुख्य विशेषतामा सहजै सेवा बुकिंग गर्न सकिने, सेवाहरुको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिंग गर्नु अगावै आफुलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने, आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टी, विभिन्न अनलाइन पेमेन्टको विकल्प रहेको र एपमार्फत विभिन्न छुट तथा क्यासब्याक पाइने कम्पनीले बताएको छ ।

आगामी कात्तिक ७ गतेसम्म० कम्पनीले ग्राहकका लागि निकै लोभलाग्दा अफर पनि ल्याएको बताइएको छ । एप डाउनलोड र साइन अप गरेका मध्ये १ भाग्यशाली विजेताले आइफोन ११ जित्न सक्ने कम्पनीको भनाइ छ । प्रोमोकोड प्रयोग गरेर पहिलो अर्डरमा ५० प्रतिशत छुट हुने र एनआइसी एसिया कार्ड, क्युआर, इसेवा र खल्तीबाट भुक्तानी गर्दा ३०० रुपैयाँसम्म क्यास ब्याक पाइने कम्पनीको भनाइ छ ।

ग्राहकहरुको लागि मात्र नभई कम्पनीले सेवा प्रदायकका लागि पनि सजिलो एक्सपर्ट नामको एप ल्याएको छ । यसले छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सघाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय