काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआई नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
बैंकको डेबिट र क्रेडिट कार्डबाहकहरु, मोबाइल बैंकिङ प्रयोगकर्ता, ग्राहक र कर्मचारीलाई एनपिआई नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी समझदारी भएको छ ।
एनपिआई नारायणी सामुदायिक अस्पतालले दिने विभिन्न सेवा (ओपिडी, फार्मेसी, सिटी स्क्यान बाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी समझदारी भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपिआई नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका सञ्चालक बिष्णु कुँवरले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।
साथै भरतपुर–१०, स्थित सिराइचुली होटलमा फुड एन्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेसन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरेका छन् ।
बैंकले चितवन जिल्लामा ६ शाखा–– नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी –– बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।









