काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७.४४ अंकले उकालो लागेर १९८१.४८ अंकमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अंकले वृद्धि भई ३८५.३६ मा पुगेको छ । २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको सेयर मूल्य बढेको छ । बैंकिङ २४.४६, व्यापार १०७.२९, होटल तथा पर्यटन ६६.९७, विकास बैंक १६०.८९, जलविद्युत् ७८.६१, वित्त ९७.१३, निर्जीवन बीमा ११६.९६, उत्पादन १११.७५, अन्य ४०.५, लघुवित्त १०६.३३, सामूहिक लगानी कोष ०.१८ र लगानी १.५६ बिन्दुले वृद्धि भएको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ४२ अर्ब २१ करोड ९४ लाख ९७ हजार ९९६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२८ रुपैयाँको कारोबार भयो । गुर्खाज फाइनान्स ४ करोड ५७ लाख ७ हजार ७२२, हिमालयन एभरेस्ट इन्स्योरेनस ४ करोड ३४ लाख ४७ हजार, अपी पावर कम्पनी ४ करोड २९ लाख ६८ हजार ६०० र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख ३७ हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी ८.३२, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी ७.८१, सामुदायिक लघुवित्त ७.८०, गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले ७.७२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, एनआइसी एसिया क्याप फन्ड १०, एनआइबिएल प्रगति फन्ड ८.९५, सनराइज फस्ट म्युचुअल फन्ड ७.६७, सानिमा लार्ज क्याप फन्ड ३.१९, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय