काठमाडौं– एनआइसी एसिया बैंकको खातामा विश्वका विभिन्न देशबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवा सुरु भएको छ । बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै यो सेवा सुरु गरेको जानकारी दिएको छ ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० भन्दा बढी देशबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने बताइएको छ । उक्त सेवाअन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा एनआइसी बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

त्यसका लागि रकम पठाउने व्यक्तिले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत एनआइसी बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बर प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने बताइएको छ । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको उक्त सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय