काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको जानकारी दिएको छ ।

प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ वा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न यो प्रणाली सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रणालीको शुभारम्भ गरेका छन् ।
प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता भएका छन् ।

आजभन्दा पछि आउने मोबाइल सेट भने उक्त प्रणालीमा दर्ता गरेपछि मात्रै चल्ने प्राधिकरणको भनाइ छ । स्वदेशी बजारमा किनिने मोबाइलको हकमा भने व्यवसायीले नै प्रणालीमा दर्ता गर्ने हुँदा प्रयोगकर्ताले दर्ता गरिरहनु पर्दैन ।

विदेशमा रहेका आफन्त वा साथीभाइले ल्याइदिने मोबाइल सेटको हकमा भने नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट http://mdms.nta.gov.np  मा गएर आइएमइआई नम्बर दर्ता गराएपछि चलाउन मिल्ने प्राधिकरणले प्रस्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय