काठमाडौं– चाडपर्वहरूका अवसरमा आइएमईले ल्याएको सेवाग्राहीलक्षित प्रवर्द्धन योजना ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।
बिहीवार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजा अनुसार अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छानिएका छन् । उनीहरुले जनही २५ हजार प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
त्यसैगरी ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जिसी, आयुष तमाङ र बिदुर तमाङ मोक्तान दैनिक विजेता छानिएका हो । उनीहरू प्रत्येकले १–१ सामसङ मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित रही यसपटकको स्किम सञ्चालनमा छ । अफर अनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसङ मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।
अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । यो अफरबाट ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । अफर आगामी कात्तिक १६ गतेसम्म कायम रहने बताइएको छ ।









