काठमाडौं– एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका दुईजना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमाबापत प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

उक्त बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तीनचुली शाखामा सोही खाता खोलेका स्वर्गीय महेश कपालीको हिताधिकारीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,७३३ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमाबापत २ करोड ६० लाख, दुर्घटना बीमाबापत ७० लाख र मेडिकल बीमाबापत ३ करोड ३१ लाख गरी कुल ६ करोड ६१ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर