काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से ३३.९७ बिन्दुले ओरालो लागेर १८७६.४१ कायम भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.०४ बिन्दुले ओरालो लागेको छ । २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर १ अर्ब ६० करोड १८ लाख २२ हजारमा किनबेच भएको छ ।
साताको पहिलो दिनको कारोबारमा १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण २६ खर्ब ९६ अर्ब सात करोड ७४ लाख ८१ हजार ३५९ बराबर छ । नेप्सेका अनुसार कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको २१ करोड ३८ लाख ४४ हजार १८२ रुपैयाँ बराबरको कारोबार भयो ।
प्रभु बैंकको संस्थापक सेयर १९ करोड ५८ लाख ४५ हजार ८४८, नेपाल दूरसञ्चार कम्पनी ५ करोड ३४ लाख ९७ हजार ५९९, नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ४५ लाख ७२ हजार ३६८ र रिडी हाइड्रोपावर ३ करोड ६८ लाख ६२ हजार ३५९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ग्लोबल आइएमई समुन्नति स्किम, नेपाल ल्युब आयल लिमिटेड, लक्ष्मी बैंक, आदर्श लघुवित्त र एनआइसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले कमाएका छन् ।
बलेफी हाइड्रोपावर ७.८५, राप्ती हाइड्रो ७.३०, दोर्दी खोला जलविद्युत् कम्पनी ७.२३, माउन्टेन हाइड्रो नेपाल ६.५८ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए ।









