काठमाडौं– व्यवसायी सुनिलकुमार वंशल (धानुका) लाई सरकारले प्रबल जनसेवाश्री मानपदवीले विभूषित गरेको छ ।

वंशलले सार्वजनिक हित तथा मुलुकको उन्नतिका लागि गरेको योगदानको कदरस्वरुप संविधान दिवस २०७९ का अवसरमा सरकारले उक्त मानपदवीले विभूषित गरेको हो । वंशलले नेपाल समुद्रपार निकासी पैठारी संघ, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, अग्रवाल भवन लगायत विभिन्न सामाजिक र व्यावसायिक संस्थाका महत्त्वपूर्ण ओहोदामा रहेर काम गरेका छन् ।

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ९९३ जनालाई उनीहरुको योगदानको कदरस्वरुप विभिन्न तहका मानपदवी, अलंकार र पदक प्रदान गरेको छ ।

संविधान दिवसका अवसरमा घोषित मानपदवी राष्ट्रपतिबाट हस्तान्तरण हुने चलन छ । सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न यसपालि पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई दिइएको छ ।

दोस्रो नम्बरको मादपदवी राष्ट्र गौरव दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपा एमालेका संगठन विभाग प्रमुख स्वर्गीय जीवराज आश्रित, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय