धुलिखेल– जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैंचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैंचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ ।

एकपटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैंचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका नवराज केसीले ३० लाखको लगानीमा कारागारभित्र गलैंचा उद्योग सुरु गरेका हुन् । ‘कैदीबन्दीलाई कारागारभित्र रहँदा समय बिताउँदै आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो,’ अधिकारीले भने ।

यसअघि कैदीबन्दीले मुढा बनाउने, पोते बुन्नेलगायतका काम गर्दै आएका थिए । अधिकारीका अनुसार कारागारभित्र खाली रहेको जमिनमा प्रविधियुक्त मेसिन जडान गरिएको छ ।

केसीले उपलब्ध गराएका कच्चा सामग्रीबाट तयार भएका गलैचा आफैंले चीनमा बिक्री गर्ने योजना बताएका छन् । कारागारका दक्ष तथा अदक्ष कैदीबन्दीलाई गलैंचा बुन्न सिकाइनेछ ।

कारागारले केही जानेकालाई थप सीप सिकाएर पूर्ण बनाउँदै अन्यलाई सिकाउँदै रोजगारी उपलब्ध गराउने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय